काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मङ्गलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरेको छ ।
मेलम्ची—अम्बाथान—मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीनवटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको हो । सडक निर्माणलगायतका विभिन्न समझदारी भएपछि गत २० कात्तिकदेखि मेलम्ची खेलाको पानी सुरुङमार्फत काठमाडौं उपत्कामा ल्याउने दिन स्थानीय सहमत भएका थिए ।
FACEBOOK COMMENTS