काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो पाँचौं खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम मेलवर्न रेनेगेड्ससँग खेल्दै छ ।
यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गरिरहेको छ । योसँगै मेलवर्न रेनेगेड्सले पहिला बलिङ गरिरहेको छ ।
नेपालले सिरिजमा यस अघि खेलेका चार खेलमा एक जित र तीन खेलमा हार बेहोरेको छ ।
नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो भने चौथो खेलमा होबार्ट हुरीक्यान्सलाई पराजित गरेको थियो ।
त्यस्तै मेलवर्न रेनेगेड्सले अहिलेसम्म खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।
आजको खेलमा नेपाली कप्तान रोहित पौडेल र सन्दीप लामिछानेलाई आराम दिइएको छ भने यस खेलमा दिपेन्द्र सिंह ऐरीले कप्तानी गरेका छन् ।
आज दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, लोकेस बम र शहाब आलम रहेका छन् ।
FACEBOOK COMMENTS