काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले बिल गेट्सको यौन अपराधी जेफ्री एपस्टाइनसँगको घनिष्ठ सम्बन्धले उनीहरूको विवाह टुटेको बताएकी छन् ।
मेलिन्डाले एनपीआर पोडकास्टमा एपस्टाइन फाइल्समा बिलको नाम आएपछि उनीहरुको वैवाहिक सम्बन्ध बिग्रिएको बताएकी हुन् । उनको सो पोडकाष्ट भने विहिबार रिलिज हुने बताइएको छ ।
मेलिन्डाले भनेकी छन्- ‘एपस्टाइन फाइल्समा बिलको नामले उनको विवाहको सबैभन्दा पीडादायी दिनहरू थिए ।’ मेलिन्डाले एपस्टाइन फाइल्समा गरिएको दावीलाई पनि सहि भन्दै बिल गेट्सले रूसी महिलाहरूसँग यौनसम्पर्क गरेपछि यौन संचारित रोग (एसटीडी) संक्रमित भएको बताएकी छन् । बिलले त्यसपछि एन्टिबायोटिक अनुरोध गरेको ताकि औषधि मेलिन्डालाई गोप्य रूपमा दिन सकियोस् ।
मेलिन्डाले गहिरो दुःख व्यक्त गर्दै एपस्टाइन फाइल्समा संलग्न सबैले यी आरोपहरूको जवाफ दिनुपर्ने बताएकी छन् । उनले भनेकी छन्- ‘मैले मेरो विवाह छोड्नुपर्यो र अन्ततः फाउन्डेसन छोड्नुपर्यो । एपस्टाइन फाइल्समा संलग्न सबैले यी आरोपहरूको जवाफ दिनुपर्छ ।’
बिल र मेलिन्डाले १९९४ मा विवाह गरेका थिए र त्यसपछि मे २०२१ मा २७ वर्ष पछि अलग भएका थिए ।


FACEBOOK COMMENTS