काठमाडौँ । लज्जास्पद रुपमा मुख्यमन्त्रीको नियुक्ति लिएका मधेसका मुख्यमन्त्री सरोज यादवविरुद्ध प्रदेशसभाका ७४ जना सांसदले दायर गरेको न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
मंगलबार कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोज कुमारी यादवको अगुवाइमा दायर भएको रिटको सुनुवाइ पाण्डेयको इजलासमा पेशी तोकिएको हो। सोमबार एमाले संसदीय दलका नेता यादवले तत्कालीन प्रदेश प्रमुख सुवित्रा भण्डारीसँग बर्दिबासको एक होटलमा नियुक्ति तथा सथप लिएका थिए ।
अघिल्ला मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाएपछि दलहरुले सामूहिक रुपमा संविधानको धारा १६८ (२) अनुसार दलहरुको सहभागीमा सरकार गठनका लागि लिखित आग्रह गरे पनि भण्डारीले बर्दिबासमा यादवलाई शपथ खुवाएकी थिइन् ।
सांसदहरुले मुख्यमन्त्री नियुक्तिको तरिका खोटपूर्ण भएकाले नियुक्ति नै बदरको माग गरेका छन्। सांसदहरुले सोनललाई नै कार्यवाहक मुख्यमन्त्रीका रुपमा फर्काउने गरी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
FACEBOOK COMMENTS