![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ ।
भैरहवामा सम्पन्न भएको सभाले युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावहरूलाई पारित गरेको छ ।
मर्जर पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कायम गरी सो नामबाट जीवन बीमा व्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।
साथै तिनबटै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता पत्र, सहमतपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध सम्झौताहरूको अनुमोदन गर्ने निर्णय भएको छ ।
यसैगरी चल/अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक/मूल्याङ्कनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन पनि साधारणसभाले गरेको छ ।
FACEBOOK COMMENTS