काठमाडौं । मेरिना इम्पेक्सले यस वर्षको ‘बेष्ट टेलरिङ अवार्ड’ पाएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
हिजो आइतबार कर्पोरेट मिडिया ग्रुपद्वारा काठमाडौंमा आयोजित १६औँ कर्पोरेट बिजनेस अवार्ड समारोहमार्फत मेरिना इम्पेक्सलाई ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’ प्रदान गरिएको हो । मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका अध्यक्ष मोहनमान जोशीले सो अवार्ड ग्रहण गरे ।
कर्पोरेट मिडिया ग्रुपले विगत १५ वर्षदेखि विभिन्न विधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस वर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो ।
बेष्ट टेलरिङ अवार्डले ग्रहकमैत्री सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए । ग्रहकको चाहनालाई बुझेर विगत ४० वर्षदेखि स्तरीय सर्टिङसुर्टिङ तथा टेलरिङ्ग सेवा दिँदै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकाले मेरिना इम्पेक्सले ग्रहकको विश्वास जितिरहेको उनले बताए ।
काठमाडौंको न्यूरोड, बागबजार, सामाखुसी र गाबहाल पाटनमा रहेका चार वटा शाखाबाट सेवा दिँदै आएको मेरिना इम्पेक्स विभिन्न व्यापारिक र शैक्षिक संस्थाहरुका युनिफर्मका लागि समेत परिचित छ ।
को हुन् अध्यक्ष जोशी ?
वि.स. २०१४ साल वैशाख ७ गते साविकको पूर्णचण्डी–२० ललितपुरमा जन्मनुभएका मोहनमान जोशी मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरको अध्यक्ष हुन् । ‘डिप्लोमा इन कमर्श’सम्मको अध्ययन गरेका उनले २०३९ सालमा काठमाडौंको न्यूरोडमा स्थापना गरेको मेरिना इम्पेक्सले अहिले न्यूरोडका साथै बागबजार, गाबाहाल र सामाखुसीलगायत क्षेत्रबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ ।
सिलाइ जगतमा पृथक पहिचान बनाउन सफल मेरिना पछिल्लो समय विभिन्न खालका सामाजिक सेवाहरूमा समेत आफ्नो उपस्थिति देखाउँदै आएको छ ।
वि.स. २०५२–२०५४ सम्म ललितपुर चेम्बर अफ कमर्शको कार्यसमिति सदस्य रही व्यावसायिक हकहितमा काम गर्दै आएका अध्यक्ष जोशी लायन्स क्लब अफ ललितपुरको अध्यक्ष पनि बनेका थिए । ललितपुर हार्ट क्लिनिकको आजीवन सदस्य रहेका उनी स्थानीय विभिन्न क्लबहरूमार्फत आफ्नो सामाजिक सेवालाई अघि बढाइरहेका छन् ।
उनले अमेरिका, जापान, सिंगापुर, बैंकक, हङकङ र भारतको भ्रमण गरिसकेका छन् ।
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)
FACEBOOK COMMENTS