काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्न लागेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेका छन् । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन प्रस्ताव गरेको छ ।
यस्तै कम्पनीमा रहेको संस्थापक सेयरधनीको स्वामित्व ५९.४० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४०.६० प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुर्याउने प्रस्ताव रहेको छ ।
सभा प्रयोजननका लागि पुस १९ गते बुक क्लोज गरेको छ । पुस १८ गतेसम्म कायम रहेकासेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन सक्नेछन् । आज सभाले उक्त प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS