काठमाडौं । आन्तरिक पर्यटन र मोटरसाइकल राइड टुरिजममा प्रोफेसनलहरुलाई जोड्ने लक्ष्यका साथ ‘मेरोअटो राईड–२०२४’ भोली शुक्रबार (माघ २५) सुरु हुँदैछ ।
दुई दिन चल्ने यो राइडमा विभिन्न क्षेत्रमा काम गर्ने प्रोफेशनहरुले सहभागिता जनाउने छन् ।
आन्तरिक पर्यटनलाई जोड दिने र प्रोफेसनलहरुमा राइडिङ कल्चरको विकास गर्ने उद्देश्यका साथ हुन लागेको राइडमा करिब २५ वटा मोटरसाइकल सहभागि हुने आयोजकले बताएको छ ।
‘हामी आन्तरिक पर्यटन प्रवद्र्धन र प्रोफेसनलहरुलाई पनि टुरिङमा जोड्नु पर्छ भन्ने योजनाका साथ यो दुई दिने कार्यक्रम गर्दैछौं । यसमा सहभागि हुने राइडरहरुले आफ्नै आँखा अगाडि सगरमाथा देख्न पाउनु हुनेछ’, कार्यक्रमका संयोजक तथा मेरोअटोका संचालक हरि गजुरेलले भने ।
उनका अनुसार राइड काठमाडौंको नक्शालमा रहेको बाइकर्स क्याफेबाट सुरु भएर धुलिखेल–खुर्कोट–घुर्मी–ओखलढुङ्गा हुँदै सोलुखुम्बुको पताले बजारसम्म हुनेछ । जहाँबाट सगरमाथ लगायत करिब २०/२२ वटा हिमाल नाङ्गो आँखालेनै आफैँ अगाडि उभिए जसरी देख्न पाइन्छ ।
कार्यक्रमलाई रोयल इनफिल्ड, केटीएम, बाइकर्स क्याफे, आइएनआई सिनेमाज् र वर्ल्ड मंक रमले प्रायोजन गरेका छन् । त्यस्तै सेफ्टी पाट्नरको रुपमा कवच र यति हेल्मेट रहेका छन् ।
मेरोअटोले विगतमा ४ पाङ्रेका लागि कार र्याली आयोजना गर्दै आएकोमा यस पटकबाट २ पाङ्रेका लागि मोटरसाइकल राइड पनि सुरु गरेको हो ।
FACEBOOK COMMENTS