काठमाडौं, मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि ५ हजार रुख रोपिएको थियो । यस परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुनस्र्थापना, स्थानीय जीविकोपार्जनमा सुधार गर्न र प्राकृतिक महत्वका क्षेत्रमा वन पुनस्र्थापनागर्न मध्यवर्ती क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ ।
निकुञ्जको जैविक विविधता मध्यवर्ती क्षेत्र नजिकै माटो लंगर र माटो खस्ने समस्या रोकथाममा फाइदाहरू भएका स्वदेशी रूखहरू रोपिएका थिए । यस परियोजनाले नर्सरी विकास, बिरुवा अंकुरण, र प्लेटिङलाई समावेश गरी तीन–चरणमा यस परियोजना सम्पन्न गरिएको थियो ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मल काजी श्रेष्ठले भनेः“जलवायु परिवर्तन र वातावरणीय जोखिमहरू विरुद्ध लड्न जैविक विविधता र प्राकृतिक स्रोतहरू आवश्यक छन्। मेटलाइफ फाउन्डेसनको यो सहयोगले लोपोन्मुख प्रजातिहरूको संरक्षण र उनीहरूको प्राकृतिक बासस्थानको पुनर्स्थापना गरी दिगो भविष्य कायम गर्न मद्दत गर्नेछ ।“
यस परियोजनाले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने प्रयासमा पनि योगदान पु¥याउँछ, प्राकृतिक प्रकोपबाट जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिँदै स्थानीय इकोसिस्टम र समुदायको स्वास्थ्य सुधार गर्न र जैविक विविधता संरक्षण गर्न मद्दत गर्नेछ ।
FACEBOOK COMMENTS