काठमाडौं । ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा ललितपुरमा बुझाएको छ ।
प्रतिवेदनमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङको संलग्नताबारे प्रमाण फेला नपरेकाले उनलाई मुद्दा नचलाउने राय दिइएको बताइएको छ । सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए ।
सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ । प्रमाण फेला नपरेका कारण गुरुङलाई प्रतिवादी नबनाइएको बताइएको छ ।
सीआईबीले मितेरी सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङका साथै बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापासहित ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
सहकारीको करिब १४ करोड ठगी गरिएको उल्लेख गर्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ ।
FACEBOOK COMMENTS