काठमाडौं । मार्क जुकरबर्गको कम्पनी, मेटा प्लेटफर्मले फेरि एक पटक आफ्ना कर्मचारीहरूलाई ठूलो धक्का दिएको छ । यस पटक, कम्पनीको रियालिटी ल्याब्स डिभिजनमा कर्मचारी कटौती भएको छ, जहाँ भर्चुअल रियालिटी (भिआर) र मेटाभर्स जस्ता भविष्यका परियोजनाहरूमा काम गरिरहेका थिए ।
ब्लूमबर्गको रिपोर्ट अनुसार, मेटाले आफ्नो प्राथमिकताहरू परिवर्तन गरिरहेको छ । मेटाका संस्थापक मार्क जुकरबर्गको अब मेटाभर्सबाट मोहभंग भएको देखिएको छ । उनी अब मेटाभर्सबाट पछि हट्दै कृत्रिम बुद्धिमत्ता (एआई) र स्मार्ट पहिरनयोग्य वस्तुहरू (जस्तै स्मार्ट चश्मा) मा मात्र ध्यान केन्द्रित गर्दैछन् । फलस्वरूप, एक हजारभन्दा बढी भूमिकाहरू हटाइएका छन् ।
यस पुनर्संरचना प्रक्रियाको एक भागको रूपमा, मेटाले आफ्ना तीन इन हाउस भर्चुअल रियालिटी ९भिआर० गेमिङ स्टुडियोहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । यसमा आर्मेचर, सान्जारु र ट्विस्टेड पिक्सेल समावेश छन् । यी स्टुडियोहरूले क्वेस्ट प्लेटफर्मको लागि उत्कृष्ट खेलहरू र सामग्री सिर्जना गर्ने गर्दथे । यद्यपि, मेटाले अन्य पाँच स्टुडियोहरू राखेको छ, जसले कम्पनीले भिआर गेमिङलाई पूर्ण रूपमा त्यागेको छैन भन्ने संकेत गर्छ, तर अब केवल चयन गरिएका र लाभदायक परियोजनाहरूमा मात्र ध्यान केन्द्रित गर्नेछ ।
लिङ्क्डइन हाल मेटाका पूर्व कर्मचारीहरूको पोस्टले भरिएको छ । मेटा कर्मचारी हटाउदा कुनै मापदण्ड प्रयोग नगरेको बताइएको छ । मेटाले कर्मचारीहरु हटाउदा एक वर्ष मात्र काम गरेका कर्मचारीहरूदेखि विगत ८-१० वर्षदेखि कम्पनीसँग वफादार रूपमा रहेका कर्मचारीहरू रहेका छन् ।
सबैभन्दा ठूलो कारण वित्तीय घाटा हो । रियालिटी ल्याब्स डिभिजन धेरै समयदेखि मेटाको लागि ठूलो घाटामा जाने उद्यम रहेको छ । हालैको त्रैमासिक नतिजाहरूमा, यो एकाइले केवल ४७० मिलियन डलर आम्दानी गरेको छ, जबकि यसले ४.४ बिलियन डलरको ठूलो घाटा बेहोरेको छ । रिपोर्टहरूले कम्पनीले आफ्नो लगानी मेटाभर्सबाट टाढा र पहिरनयोग्य उपकरणहरू तर्फ सार्दैछ । यो कटौती उही प्रयासको अंश हो, ताकि यहाँ बचत गरिएको पैसा एआई र नयाँ प्रविधिहरूको विकासमा लगानी गर्न सकियोस् ।


FACEBOOK COMMENTS