काठमाडौँ । काठमाडौँमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग वार्तागर्न गृह मन्त्रालयले वार्ता टोली बनाएको छ । मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको हो ।
मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समीतिलाई वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो ।
पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको समेत उल्लेख छ । पत्रमा पीडितका तर्फबाट ५ सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।
FACEBOOK COMMENTS