काठमाडौं । मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान संचालनमा ल्याएको घोषणा गरेको छ । नोभेम्बर ७ मा सुरु भएको यस अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखहरुमा लिइने विलम्ब शुल्कमा छुट दिनेछ ।
यस अभियान अन्तर्गत, मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखहरुमा लागू हुने बिलम्ब शुल्कको १०० प्रतिशत छुट दिनेछ । हालै प्रचलनमा ल्याईएको मध्यावधि बृद्धि बीमा योजनाका बीमालेख धारकहरुका लागि यो अभियान लागु हुने छैन ।
मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन्, “यस अभियानले मेटलाइफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत गर्नेछ । ”
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS