काठमाडौँ । मेटलाइफ, इन्क. लगातार सातौँ वर्ष फोच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज टिएम २०२६ सूचीमा सूचीकृत भएको छ ।
सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गर्दै अग्रणी बीमा कम्पनीका रूपमा सम्मान प्राप्त गरेको हो । यस मान्यताले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर उत्कृष्ट प्रदर्शन तथा दीर्घकालीन नेतृत्व क्षमतालाई प्रतिबिम्बित गर्दछ ।
मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफका अनुसार, करिब १६० वर्षदेखि मेटलाइफले मानिसलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ र यो सम्मानले व्यवसायको मजबुती, सहकर्मीको समर्पण तथा विश्वभर रहेका ग्राहक, सहकर्मी र समुदायका लागि मूल्य सिर्जना गर्ने अटल प्रतिबद्धतालाई झल्काउँछ ।
फोच्र्युन र कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फोच्र्युन वल्ड्र्स मोस्ट एडमायर्ड कम्पनीज डिएम सूचीमार्फत कम्पनीको कर्पोरेट प्रतिष्ठाको मूल्याङ्कन गर्दै आएका छन्, जहाँ शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यले नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमतालगायत नौ मापदण्डका आधारमा मूल्याङ्कन गर्छन् ।
यसअघि मेटलाइफ सन् २०२५ मा फोच्र्युन वल्ड्र्स २५ बेस्ट वर्कप्लेस टिएम सूचीमा लगातार दोस्रो वर्ष समावेश भई १०औँ स्थानमा रहनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्क प्रमाणपत्र प्राप्त गरिसकेको छ, जसले उद्देश्यप्रेरित र समावेशी कार्यसंस्कृति तथा कर्मचारी, ग्राहक र समुदायप्रतिको दृढ प्रतिबद्धतालाई स्पष्ट रूपमा उजागर गर्दछ ।

FACEBOOK COMMENTS