काठमाडौं, । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ, जसले देशभरका लाखौँ मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउँछ ।
विगत वर्षहरूमा कम्पनीले जीवनका सुख–दु:ख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहकहरूको पहुँच र सुविधा बढाउने क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ । यसै क्रममा, कम्पनीले ३६०हेल्थ सेवा र वान बाई मेटलाइफ मोबाइल एप मार्फत स्वास्थ्य व्यवस्थापन सेवा प्रारम्भ गर्ने नेपालकै पहिलो बीमा कम्पनी बनेको छ ।
वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइको संयोजनसँगै, मेटलाइफ नेपालले नेपाली परिवारहरूलाई प्रदान गर्दै आएको मार्गदर्शन र समर्थनको स्तरलाई लगातार सुदृढ बनाइरहेको छ ।
इलेना बुटारोभा, हेड अफ मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामले भन्नु भयो,“ हामी आगामी वर्षहरूका लागि अझ उत्साहित छौँ। नेपालसँगै बढ्दै, हाम्रा ग्राहकहरूको भविष्यमाथि थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”
यस वर्ष ग्रेट प्लेस टु वर्कू मान्यता प्राप्त गर्न मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता कल्याणकारी पहलहरूमा उनीहरूको समर्पणप्रति कम्पनीले प्रशंसा प्रकट गरेको छ—किनकि सुरक्षा जीवनका सबै पक्षहरूमा विस्तार हुने कुरा मेटलाइफ नेपाल बुझ्दछ ।

मेटलाइफको बारेमा:
MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com हेर्नु होस् ।

मेटलाइफ नेपालको बारेमा:
MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com.np हेर्नु होस वा ९७७ –१–५९७०१६६ मा फोन गर्नुहोस ।

FACEBOOK COMMENTS