काठमाडौं । बंगलादेशको राजधानी ढाकामा बुधबार पौष १३ गतेदेखि प्रतिघन्टा करिब ६० हजार मानिसले आवतजावत गर्ने आंकलन गरिएको पहिलो मेट्रो रेल सेवा सुरु भएको छ ।
उक्त परियोजना प्रधानमन्त्री शेख हसिनाद्वारा उद्घाटन गरिएको थियो । प्रधानमन्त्री शेख हसिनाले यो परियोजना बंगलादेशको विकासमा कोसेढुंगाको रुपमा रहेको बताएकी छन् । ७५ प्रतिशत जापानी लगानीमा निर्माण भइरहेको मेट्रो रेल सेवाको पहिलो चरणमा रहेको छ । । सन् २०३० सम्ममा ढाकाका सबै मेट्रो लाइनहरू सञ्चालनमा आउने र हरेक दिन पचास लाखभन्दा बढी मानिसले मेट्रोसेवा प्रयोग गर्ने अनुमान गरिएको छ । मेट्रो रेल सेवाले राजधानी ढाकाको सामाजिक र आर्थिक जीवनमा पारेको समस्यालाई कम गर्न सक्ने जनाइएको छ ।
FACEBOOK COMMENTS