काठमाडौं । काठमाडौँ महानगरपालिकाका वडा – २२ का पूर्वअध्यक्ष माणिकरत्न स्थापितको हृदयाघातका कारण मृत्यु भएको छ ।
८२ वर्षिय स्थापितको बिहीबार राती निधन भएको हो । उनका श्रीमती, २ छोरा र १ जना छोरी रहेका छन् । उनको आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिने निर्णय गरिएको वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिएका छन् ।
पेशाले इञ्जिनियर स्थापित इञ्जिनियरिङ् पेशा छोडेर २०४४ सालमा पहिलो पटक जनपक्षीय उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा होमिएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनवहाली भएपछि २०४९ सालको स्थानीय निर्वाचनमा उनी नेकपा एमालेको उम्मेद्वारका रुपमा विजयी भएका थिए ।
त्यस यता संकटा क्लवको सल्लाहकारलगायत स्थानीय क्लव तथा संघसंस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय रहेका थिए ।
FACEBOOK COMMENTS