काठमाडौं । मोरिस ग्यालेज अर्थात् एमजी मोटर्सको विद्युतीय कार चार्जिङको क्रममा जलेर नष्ट भएको पाइएको छ ।
उक्त कम्पनीको कार ‘जेडएस इभी’ मा यही पुस ९ गते राती आगलागी भएको थियो । बागमती प्रदेश–०१, ०२७ च १५८१ नम्बरको कार खाली चौरमा पार्किङमा राखिएको अवस्थामा आगलागी भएको हो ।
प्रहरीका अनुसार राती १ बजे आगलागी भए पनि त्यसको दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको प्रहरीको मुचुल्कामा पाइएको छ ।
नेपालमा एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले यस घटनाबारे अनविज्ञता दर्शाएर पञ्छिन खोजेको छ ।
FACEBOOK COMMENTS