काठमाडौं । पुस ९ गते बुढानीलकण्ठमा गाडीमा आगलागी भएको घटनालाई एमजी मोटर्सले लुकाउन खोजेको छ । एमजीको नेपालको लागि आधिकारीक विक्रेता पारामाउण्ट मोटर्सले बुधबार विज्ञप्ती निकालेर घटनालाई लुकाउन खोजेको छ ।
कम्पनीले विज्ञप्तीमा ‘खुला स्थानमा पार्किङ गरी साँझ ६:०० बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १:१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्ण रुपमा जलेको प्रारम्भिक रुपमा देखिएको/बुझिएको’ भनेको छ ।
एमजी कार कनेक्सन लुज हुँदा आगलागी, यसरी गरौँ विद्युतीय गाडीको सुरक्षा !
चार्जमा जोडेको सवा ७ घण्ठापछि मध्येराति सवा १ बजे कसरी विजुली शर्ट भयो भन्ने कुनै तथ्य र आधार प्रस्तुत गरिएको छैन ।
पारामाउण्ट मोटर्सका अधिकारीहरुले सुरुमा यसबारे आफूहरुलाई जानकारी नभएका बताएका थिए ।
तर हिजो प्रकाशित विज्ञप्तीमा भने ‘उक्त घटनाको सम्बन्धमा यस कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगत रुपमा घटनास्थलमा अवलोकन’ गर्न पुगेको भनिएको छ । स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठले उक्त दुर्घटनाको कारण नखुलेको भनिरहँदा कम्पनीले भने प्रहरीकै मुचुल्काको हवाला दिएर ‘विद्युत शर्ट भएको’ भनेको छ ।
पार्किङमा चार्ज राखेको एमजीको कार जलेर नष्ट, घटना गुपचुप
FACEBOOK COMMENTS