काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको ३० किलोवाटका चार्जिङ स्टेसनहरू १५ दिन सेवा अवरुद्ध हुने बताएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दैे नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि. ले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरू भोली देखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । यस समयमा सबै ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरू अस्थायी रूपमा उपलब्ध हुने छैन् ।
पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ ।
यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।
पारामाउन्ट मोटर्स यस मर्मतसम्भार अवधिमा आफ्ना ग्राहकहरूको बुझाइ र सहयोगको लागि कृतज्ञता व्यक्त गर्दछ । यी सुधारहरूले अन्तत: एमजीसँगको अनुभवमा ठुलो योगदान पुर्याउने कम्पनीको विश्वास छ ।
FACEBOOK COMMENTS