काठमाडौं । एमजीको नेपालका लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकहरूले सात लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने छन् । अफरअन्तर्गत एमजीको ईभी मोडलमा ग्राहकहरूले निःशुल्क टायर, ७ किलोवाटको एसी चार्जर र चालू आर्थिक वर्षको सडक करमा छुट उपलब्ध गराइने भएको छ ।
१०० वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रूपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको कम्पनीले जनाएको छ ।
३०० भन्दा धेरै दक्ष इन्जिनीयरहरूले युरोपेली इन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरू यूरोपेली कानून र ग्राहकहरूको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइनहरू बेलायतका प्रख्यात डिजाइनर तथा इन्जिनीयरहरूले गर्छन् ।
अहिले नेपालमा एमजी४ ईभी, जेडएस ईभी, कोमेट ईभी गरी तीन वटा भेरियन्टका विद्युतीय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ इन्धन÷हाइब्रिड सवारीहरू उपलब्ध छन् । यी सबै सवारीहरूमा कम्पनीले फरक–फरक अफरहरू उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
यो अफर देशैभरिका एमजी २१ वटै सोरुमहरूमा उपलब्ध हुने छ ।
FACEBOOK COMMENTS