काठमाडौं । नेपालका लागि मोरिस गराजेज (एमजी) को आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम–सिक्स’ नेपालमा सार्वजनिक गरेको छ ।
प्यारामाउन्टले काठमाडौंको चुच्चेपाटीस्थित होटेल हायातमा एक भव्य समारोह आयोजना गरी आज बिहीबार उक्त एसयूभी कार सर्वाजनिक गरेको हो ।
एमजी आईएम–सिक्स आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचरबाट सुसज्जित रहेको भन्दै यो एसयूभीले नेपालको ईभी मार्केटमा नयाँ आयाम थपेको प्यारामाउन्ट मोटर्सले जनाएको छ । यो कार अत्याधुनिक डिजाइन, कृत्रिम बौद्धिकताका सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ आईएम–सिक्सले नेपालको ईभी बजारमा नयाँ मापदण स्थापित गरेको कम्पनीको दाबी छ ।
‘हामी नेपालमा एमजी आईएम–सिक्स सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौँ,’ प्यारामाउण्ट मोटर्सका महाप्रबन्धक सुनील बहादुर थापाले भने, ‘यो गाडी एसएआईसी को ‘इन्टेलिजेन्स इन मोसन’ को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ । उत्कृष्ट रेञ्ज, एआई असिस्टेड र लक्जरी क्याविन अनुभवसहित यो केवल ईभी मात्र नभइ नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो ।’
एमजी आईएम–सिक्समा भित्र र बाहिर लक्जरी डिजाइन, आईएम डिजिटल च्यासिस, फ्युचरिष्टिक एाई क्याविन, एड्भान्स्ड इलेक्ट्रिफिकेसन, अल्टिमेट सेफ्टीलगायत महत्वपूर्ण विशेषताहरू रहेको महाप्रबन्धक थापाले जानकारी दिए । उनका अनुसार यसले ४५० किलोमिटर रेञ्ज दिने, उच्चतम गति प्रतिघण्टा २०० किलोमिटर, २० इन्च एरोडाइनामिक ह्वील (टायरसहित), अल्ट्रासफ्ट सिन्थेटिक लेदर सिट र भेन्टिलेटेड वायरलेस चार्जिङ प्याडलगायत थप विशेषता पनि यो एसयूभीमा छ ।
यस्तै, यो कारमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सिस्टम पनि रहेको छ । आज सार्वजनिक गरिएको ईभी देशभरका सम्पूर्ण डिलरहरूमा उपलब्ध रहेको बताइएको छ । आफूलाई अनुकुल पर्ने डिलरबाट टेस्ट ड्राइभ गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
आईएम एसएआईसी ग्रुपअन्तर्गतको प्रिमियम इलेक्ट्रिक गाडी ब्राण्ड हो, जसलाई अलिबाबा जस्ता प्रविधि कम्पनीहरूको साथ प्राप्त छ । एमजी ब्राण्डअन्तर्गत नेपालमा प्रवेश गरेको हो ।
FACEBOOK COMMENTS