विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड माइडियाले दसैँ–तिहारलाई लक्षित गर्दै आफ्नो फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष उत्सव अफर सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधि, बहुउपयोगी सुविधा र आकर्षक क्यासब्याकसहितका कुकिङ रेन्ज बजारमा उपलब्ध गराएको हो ।
चाडपर्वका बेला परिवार, आफन्त र साथीभाइसँग विभिन्न परिकार तयार गर्ने परम्परालाई सहज बनाउने उद्देश्यले यी उत्पादन ल्याइएको कम्पनीले जनाएको छ । कुकटप र ओभनको सुविधा एउटै उपकरणमा उपलब्ध हुने भएकाले विभिन्न परिकार तयार गर्न तथा भान्साको काम व्यवस्थापन गर्न सहज हुने कम्पनीको भनाइ छ ।
नेपाली बजारमा माइडियाका FSC-600BX र FSC-6016ES गरी दुई मोडलका कुकिङ रेन्ज उपलब्ध छन् । FSC-600BX मा ६० लिटर क्षमताको ग्यास ओभन रहेको छ भने FSC-6016ES मा ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन उपलब्ध छ । उपभोक्ताले आफ्नो खाना पकाउने शैली, परिवारको आकार र आवश्यकताअनुसार उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।
दुवै मोडलमा चारवटा ग्यास बर्नर छन् । फरक–फरक आकार र ताप क्षमताका बर्नरले कम तापमा खाना पकाउनेदेखि उच्च तापमा छिटो पकाउनेसम्मका आवश्यकता पूरा गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । कन्भेक्सन फ्यान, इन्टेरियर लाइट, मेकानिकल कन्ट्रोल र पुश–बटन इग्निसनजस्ता सुविधासमेत यी कुकिङ रेन्जमा समावेश छन् ।
ठूलो ओभन क्याभिटी र र्याक राख्न मिल्ने सुविधाले बेकिङ, रोस्टिङलगायत विभिन्न परिकार तयार गर्न सहज बनाउने कम्पनीको भनाइ छ । स्टेनलेस स्टिल फिनिस र आधुनिक कन्ट्रोल प्यानलले उपकरणलाई आकर्षक बनाउनुका साथै आधुनिक भान्साको सजावटसँग मेल खाने डिजाइन प्रदान गर्छ ।

माइडियाका यी कुकिङ रेन्जमा दुई वर्षको वारेन्टी उपलब्ध छ । दसैँ–तिहारको अवसरमा कुकिङ रेन्ज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधासमेत प्राप्त गर्न सक्नेछन् । अफर तथा क्यासब्याकमा कम्पनीका सर्तहरू लागू हुने जनाइएको छ ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा माइडियाका उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार नेपालभरिका आधिकारिक डिलर, २२ वटा सीजी डिजिटल शोरुम तथा कम्पनीको अनलाइन प्लेटफर्ममार्फत माइडियाका विभिन्न उत्पादन खरिद गर्न सकिन्छ ।

माइडियाले नेपाली बजारमा रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ ओभन, चिम्नीलगायतका घरेलु उपकरण उपलब्ध गराउँदै आएको छ ।