काठमाडाैं । चालु आर्थिक वर्ष २०८१ \०८२ को साउन र भदौमै १ लाख १७ हजार ६८ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय ९३ जना कामदार नेपालबाट श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका हुन्।
विदेश जाने कुल कामदारको करिब ३१ प्रतिशत कामदार यूएई गएका छन्। २ महिनामै रोजगारीका लागि यूएई जाने कामदारको संख्या ३६ हजार १ सय ४६ रहेको छ।
विभागका अनुसार साउनमा १७ हजार ५ सय ४ र भदौमा १८ हजार ६ सय ५ जना कामदार रोजगारीका लागि यूएई पुगेका छन्। मलेसियाको रोजगारी ठप्पजस्तै हुँदा युवाको रोजाइमा यूएई परेको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS