काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव मिलनकुमार थापासँग तीन लाख धरौटी माग भएको छ ।
विशेष अदालतका न्यायाधीसद्वय डाक्टर खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई पुस २५ मै ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरमा सुनको जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
FACEBOOK COMMENTS