काठमाडौं । इलाम–२ मा भएको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जमानत (धरौटी) समेत जोगाउन सकेन । रास्वपाको जमानत नै जफत भएको छ ।
सम्पन्न उप निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाए । नेम्वाङ निर्वाचित भए । रास्वपाको जमानत नै रहेन ।
माओवादी केन्द्र त्यागेर लहडमा सांसद बनि हाल्छु भनेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाए ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत मत पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।
उपनिर्वाचनमा ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको धरौटी जफत भएको हो ।
FACEBOOK COMMENTS