काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।
विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका पाण्डेले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै निष्काशन गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS