काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक, फाइनान्स र लघुवित्त गरी पाँच कम्पनीका १ करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स, आँधीखोला लघुवित्त, आईसीएफसी फाइनान्स, साबिक सेन्चुरी कमर्सियल बैंक र प्रभु बैंकका गरी कुल १ करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
प्रभु बैंकको ६.५० प्रतिशत बोनसबापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। बैंकले गत आव २०७८/७९ को नाफाबाट सेयरधनीलाई ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
आईसीएफसी फाइनान्सको ५ प्रतिशत बोनसबापतको ५ लाख ६३ हजार ५५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले गत आव २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश बाँडेको थियो।
आँधीखोला लघुवित्तको ३० प्रतिशत बोनसबापतको ३ लाख ५७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। लघुवित्तले गत आव २०७८/७९ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो।
फस्र्ट माइक्रोफाइनान्सको १९ प्रतिशत बोनसबापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश बाँडेको थियो।
साविक सेन्चुरी बैंकको ४.७५ प्रतिशत बोनसबापतको ४५ लाख ३८ हजार १०६.८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। बैंकले गत आव २०७८/७९ को नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गरेको थियो।
भिडियाे
FACEBOOK COMMENTS