![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सांसद सोविता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृ गौतमले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरी मूलपानी क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिन आग्रह गरिन् । उनले प्रधानमन्त्रीसमक्ष आफू निर्वाचित भएको काठमाडौँ निर्वाचन क्षेत्र नं २ का विभिन्न समस्या पनि राखिन् ।
सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताइन् । सोही अवसरमा प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदान निर्माणलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS