काठमाडौं । म्याद गुज्रिएका खाद्य सामग्री बेचेको भन्दै ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरिएको छ ।
विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूखुसी बजारमा बिक्री बितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त अनुसन्धान टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा हिजो सोमबार उक्त उद्योग सिल गरेको हो ।
उद्योगमा एक्सपायर डेट मेटिने प्रिन्ट, मिति रि–लेभलिङ गर्ने मेसिन, फर्म सिटी ब्राण्डको क्रनफ्लेक्स, चोकोज, ओट्स, मसेलीहरूमा गलत ‘एक्सपाइरी डेट’ राखिएको र वादशा ब्राण्डका डेट एक्सपायर भएका र नभएका विभिन्न मसालाहरू एकैठाउँमा राखिएको अनुसन्धानका क्रममा खुलेको छ ।
साथै, मिनाक्षी खाद्य उद्योगका सञ्चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन गरेको छ ।
FACEBOOK COMMENTS