काठमाडौं । काठमाडौंको मिनभवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मंगलबार बिहान पौने ९ बजे काठमाडौं–३१ मिनभवनस्थित सिभिल अस्पताल अगाडि फोहोर बोक्ने टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपर तीनकुनेतर्फ जाँदै थियो। त्यस क्रममा प्र. ३ –००१ ब. ९४५ को सरकारी नम्बरको सरकारी नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिएको हो।
स्कुटरमा सवार सुनसरी इनर्वा नगरपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने ४८ को बद्री कोइराला गम्भीर घाइते भएका थिए।
उनको उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको एसपी भट्टराईले बताए। टिपर र चालक गोरखाका घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर प्रहरीको नियन्त्रणमा छन्।

FACEBOOK COMMENTS