बागमती प्रदेशको गठबन्धनको सरकारले सुरुङमार्ग निर्माण कार्य र विद्युतीय बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको खबरले अत्यन्तै मर्माहित र आक्रान्त बनाएको भन्दै पूर्व मुख्यमन्त्री पौडेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।
बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारमा आएलगत्तै सुरुङमार्ग र विद्युतीय बस खरिद प्रक्रिया स्थगित गरेको विरोधमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल उत्रिएका छन् ।
बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले विकास विरोधी निर्णयले देशलाई माया गर्ने नेपाली नागरिकहरुलाई प्रहार गरेको बताएका छन् ।
बाग्मतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिद र भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती भएको बताएका हुन् । पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने, देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित राष्ट्रघाती निर्णय हो ।’
FACEBOOK COMMENTS