काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् ।
आज बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा तीन जना उप्रधानमन्त्री सहित मन्त्रीहरुले सपथ लिएका छन् । उपप्रधानमा एमालेबाट रघुवीर महासेठ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रास्वपाबाट रवि लामिछाने रहेका छन् । पहिलो बरियतामा महासेठ, दोस्रोमा श्रेष्ठ र तेस्रो बरियतामा लामिछाने रहेका छन् ।
उपप्रधानसहति महासेठलाई भौतिक पूर्वाधार, श्रेष्ठलाई परराष्ट्र र लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनीहरुले आजै बाट कार्यभार सम्हाल्नेछन् ।
FACEBOOK COMMENTS