काठमाडौं । आज नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरु गौरीकुमारी यादव र रामजी यादवलाई शपथ खुवाए ।
प्रधानमन्त्री बालेन्द्र शाहले रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई उद्योग मन्त्री नियुक्त गरेका छन् ।
यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।
रामजी सप्तरी क्षेत्र नम्बर २ बाट र गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।
