काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले लगानीको वातावरण बनाएपनी अझै गर्नुपर्ने काम धेरै रहेको बताएका छन् ।
माल्टामा जारि १६ औ युरोप क्षेत्रिय सम्मेलन लाई सम्बोधन गर्दै उनले भारत र चीनको उदाहरण दिदै लगानीका लागि राजनीतिक स्थायीत्व जरुरी रहेको बताए ।
‘अहिले सरकारको प्राथमिकतामा नितिगत सुधार गर्ने छ।हाम्रा कानुन धेरै बोझिला छन्।त्यसैले मिलाउन पर्ने धेरै छ।प्रणालीगत समस्यालाई सुधार्न भनेरै अध्यादेश ल्याइएको हो।’उनले भने, ‘अब कुनैपनि फाइल अनुसारको काम गर्नलाई ७ दिन भन्दा धेरै लगाउन पाइदैन।काम नहुने रहेछ भनेपनि के कारणले भएन भनेर उपयुक्त जबाफ दिन पर्छ।’
उनले अब विदेशमै बसेर नेपालमा उद्योग दर्ता गर्न सकिने बताए ।अब लाइनबाट नभइ अनलाइनबाट काम हुने भन्दै उहाँलेसम्मेलनमा उठेका जिज्ञासालाई प्रधानमन्त्री समक्ष पुर्याएर समस्या समाधान पहल गर्ने बताए ।
एनआरएनए अध्यक्ष बद्री केसीले लगानी गर्दा विदेशीलाई जस्तो न्युनतम र उच्चतम भनिरहन जरुरी नरहेको बताए। ‘नेपालमा लगानी गर्न चाहने नेपाली प्रशस्त छन तर नेपाल लगानी सम्मेलन गर्ने बेला एनआरएनएलाई विर्सिन्छ।एनआरएन कानुनलाई अगाडी ल्याइदिन पर्यो,आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको कानुन ल्याउन पर्यो भनेर हामीले भनिरहेका छौ।’ उनले भने, ‘गैर आवासीय नेपालीले जस्तो विदेशी लगानी लैजान कसैले सक्दैन।हाम्रा छोराछोरीलाई नेपालसँग जोड्न नेपालमै लगानी गर्न पर्छ।तर सरकारले अहिले नागकरिकताको खोष्टो मात्र देखाएर हामीलाई निराश बनाएको छ।’ उनले आफ्नो डिउटी नै गैरआवासीय नेपालीका लगानीको वातावरण बनाउने अनि संविधान अनुसारको नागरिकताका लागि सिंहदरबार धाउनु रहेको बताए ।
एनआरएनएका उपाध्यक्ष हेमराज शर्माले एनआरएनए भित्रको विवादलाई लिएर अनावश्यक भ्रम फैलाउन खोजिएको बताए । एनआरएनएका उपाध्यक्ष रामशरण सिमखडाले संविधान अनुसारको नागरिकता दिन ढिलाइ गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
FACEBOOK COMMENTS