काठमाडौं । टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गरेकी छिन् ।
भेटका क्रममा मन्त्री चौधरीले ३ वटा मुख्य विषयलाई प्राथमिकताका साथ उठाइन् । उनले महासागरसम्बन्धी मुद्दालाई कोपको छलफलमा थप महत्त्व दिन, नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्रथामिकता दिनुपर्ने विषय उठाइन् । यो मुद्यामा निष्कर्षमा पुर्याउन निरन्तर संवाद र सहकार्य गर्न आग्रह गरिन् । साथै, कोप–३१ को अन्तिम दस्तावेजमा पनि हिमालसम्बन्धी विषय समावेश गर्नुपर्नेमा जोड दिइन्।
कोपमा विभिन्न जलवायु मुद्दामाथि छलफलमा माउन्टेन एजेन्डा ओझेलमा पर्न नहुने मन्त्री चौधरीको भनाइ थियो। उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा उचित प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । साथै, हिमालसम्बन्धी विषयलाई कोप–३१ को अन्तिम मस्यौदा दस्तावेजमा समावेश गर्नुपर्ने धारणा राखिन् ।