काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा नेपाली ईन्जिनियरहरुको महत्वपूर्ण भुमिका रहेको बताए ।
नेपालको पूर्वाधार विकास र निर्माण नयाँ चरणमा रहेको उल्लेख गर्दै उनले नविन प्रविधि र प्राविधिक जनशक्ति अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरे । ६३ औं इन्जिनियर दिवशका अवसरमा शनिबार नेपाल ईन्जिनियर्स एशोसिएसनले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री दाहालले दिगो, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधारहरुको विकास गरिनु पर्नेमा जोड दिए ।
नेपाली इन्जिनियरहरुको वृति विकासका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै नेपाली इन्जिनियरहरुको क्षमताको अन्तर्राष्ट्रिय मान्ता दिलाउने प्रकृया समेत शुरु भई रहेको उल्लेख गरे ।
नेपाली इन्जिनियरहरुले माग गर्दै आएको इन्जिनियरीङ् स्टाफ कलेज सञ्चालनका लागि मन्त्रालय सकारात्मक रहेकाले प्रकृया अर्थमन्त्रालय सम्म पुगेको मन्त्री दाहालले बताए ।
FACEBOOK COMMENTS