काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा तामाङले पदभार ग्रहण गरेका हुन् ।
उनले पदभार ग्रहण गर्ने क्रममा हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS