कार्तिक ६ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक एक समारोहमा विमोचन गर्नु भयो । उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह “शनै:शनै: यात्रामा”को पनि विमोचन गरियो ।
मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताउनु भयो भने स्रष्टा वियोगी बुढाथोकीलाई थुप्रै कृतिहरू प्रकाशन गर्न शुभकामना पनि दिनु भयो ।
कार्यक्रममा वरिष्ठ कवि डा। विष्णुविभू घिमिरेले नेपाली साहित्यमा शिवपुरी सन्देश पत्रिका र स्रष्टा वियोगी बुढाथोकीको योगदानको चर्चा गर्नु भयो । समीक्षकद्वय अनुपमा रेग्मी र सविता विमलीले विमोचित नियात्रासंग्रहको चिरफार गर्नु भएको थियो भने समीक्षक राजकुमार बानियाले ठट्यौली पारामा कृति र कृतिकार बुढाथोकीको योगदान र स्वभावको बारेमा आफ्ना विचारहरू राख्नुभयो ।
प्रा।डा। कुमारप्रसाद कोइरालाले सभापतिको आशनबाट कस्ता लेखकहरूलाई प्रजातन्त्रवादी भन्ने बारेमा आफ्नो गहन टिप्पणी राख्नु भएको थियो ।
स्रष्टारसम्पादक वियोगी बुढाथोकीले शिवपुरी सन्देशलाई आफ्नो जीवनकालमा १०० अंक पुर्याउने र शिवपुरी सन्देशलाई पुस्तान्तरण गर्ने धोको रहेको जानकारी दिदा सभाहल भावुक बनेको थियो ।
बाबू त्रिपाठीले रोचक तरिकाबाट सञ्चालन गरिएको कार्यक्रममा १४५ स्रष्टा र साहित्यानुरागीहरूको उपस्थित थियो ।
FACEBOOK COMMENTS