काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सुरक्षाकर्मी बाहेक कुनै पनि सेवा सुविधा नलिने प्रतिबद्धता जनाउनु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । राज्यमन्त्री श्रेष्ठले आफूले राज्यमन्त्रीको हैसियतमा पाउने सुरक्षाकर्मी बाहेक कुनै पनि सुविधा नलिने बताउनुभयो । उहाँले आफुले आवास, तलब भत्ता केही नलिने बताउनुभयो । उहाँका अनुसार राज्यमन्त्री भएलगत्तै आफ्नो सबै खाले व्यवसायबाट हात झिकेको र स्वार्थ बाझिने भएका कारण कानूनी रुपमा नै अलग भएको बताउनुभयो ।
FACEBOOK COMMENTS