२१ असोज, काठमाडौं । अस्पतालका सञ्चालक व्यवसायी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका छन्।
गठबन्धनबीच भागबन्डा मिलाउने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेसँगै नेपाली कांग्रेसका तर्फबाट स्वास्थ्य मन्त्री बनेका श्रेष्ठ पदबाट हट्नुपर्ने भएको हो।
स्वास्थ्य मन्त्रालय नै एकीकृत समाजवादीको भागमा परेपछि उनी राज्यमन्त्रीबाट हट्ने पक्कापक्की भएको कांग्रेसका एक नेताले पुष्टि गरेका छन्।
श्रेष्ठलाई अर्को जिम्मेवारी दिने वा नदिने भन्नेबारे प्रधानमन्त्री देउवामा भर पर्ने ती नेताको भनाइ छ।
प्रधानमन्त्री देउवाले गत साउन १० गते मात्र उनलाई स्वास्थ्य राज्यमन्त्री पदमा नियुक्ति गरेका थिए। त्यतिबेला उनले अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै चर्को आलोचना गरिएको थियो।
FACEBOOK COMMENTS