काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् ।
आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
उनले आगामी दिनमा थप छलफल गरेर यसको कार्ययोजना बनाउने बताए ।
FACEBOOK COMMENTS