काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सिआईपी सम्म्मानले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्दै निर्यात प्रवद्र्धनमा थप प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।
सरकारले ३० व्यवसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान कार्यक्रममा देशको समृद्धिको लागि निजी क्षेत्रसंगको सहकार्यलाई थप बलियो बनाइने बताएका छन् ।
“यो सम्मानका लागि सम्मान होइन । हामी थप उदार भएर निजी क्षेत्रलाई सम्मान गर्न चाहन्छौं । निजी क्षेत्रको मनोबल उच्च नभएसम्म आर्थिक विकास र समृद्धि सम्भव छैन् । त्यसैले हामीले देशको समृद्धिको लागि सहकार्य गरर अगाडि बढ्न चाहन्छौं” उनले भने ।
नेपाल सन् २०२६ मा एलडीसी ग्रयाजुयसनमा जाने हुनाले सरकार र निजी क्षेत्र मिलेर आउने दिनको रणनीति बनाउनु पर्ने उनले बताए ।
FACEBOOK COMMENTS