काठमाडौं । ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाको गरिखान देऊ समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।
सोमबार (मंसिर ८) दिउँसो ३ बजे ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने उनले बताए ।
“आज ३ बजे प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन जाँदै छौँ । सुशासनको मर्मविपरीत सरकारले गरेका गतिविधिको खबरदारी हो,” ढुंगानाले बाह्रखरीसित भने ।
तीन फरक–फरक जेनजी समूहले यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिइएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
FACEBOOK COMMENTS