काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गरेको हो ।
यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS