काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गरेको छ ।
असोज २५ गतेदेखि निष्कासन गरेको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS