काठमाडौं । मिर्मिरे लघुवित्तको फरदर पब्लिक अफरिङ (एफपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीले गत असोज २५ गतेदेखि देखि ३० गतेसम्म बिक्री गरेको १ लाख २३ हजार ८१६ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको थियो ।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो ।
FACEBOOK COMMENTS