काठमाडौं । मिस होस्टल नेपाल २०२५ आयोजना हुने भएको छ ।
काराओके इन्टरटेनमेन्टले होस्टल व्यवसायी संघसंगको सहकार्यमा संस्कारसहितको आधुनिक शिक्षायुक्त व्यक्तिलाई व्यक्तित्व बनाउन मिस होस्टल नेपाल २०२५ आयोजना गर्न लागेको जनाएको छ ।
विभिन्न क्षेत्रबाट अध्ययनका लागि होस्टलमा बसेर उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी उक्त कार्यक्रम आयोजना गरिएको जनाइएको छ । भदौ १६ गते आयोजना हुने प्रतियोगितामा फाईनलिस्टका रुपमा ३० जनालाई छनौट गरिने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन १६ देखि २४ वर्ष भित्रका युवतीहरुले आवेदन गर्न सक्ने संस्थाका अध्यक्ष खगेश रंजितकारले बताए । उनले शिक्षा, स्वास्थ्य, खेलकुद आदि विविध क्षेत्रहरुको माध्यमबाट युवाहरुलाई प्रशिक्षित गराउँने बताए ।
कार्यक्रममा होस्टल व्यवसायी संघका अध्यक्ष सुनील भेटवालले घर छाडेर होस्टलमा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अवसर उपलब्ध गराउन विभिन्न गतिविधि गर्ने सिलसिलामा यो कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रतिष्पर्धीहरुलाई वाक, उदघोषण तथा वाककला प्रशिक्षणका साथै पूर्व प्रतियोगीहरुको अनुभव साट्ने जस्ता कार्य गरिनेछ । त्यस्तै उनिहरुलाई सम्पदा क्षेत्रको भ्रमण, फोटोसुट, हाईकिङ, स्व–मेकअप, मिडिया आदि विषयमा प्रशिक्षण उपलब्ध गराईनेछ ।
उत्कृष्ट हुने प्रतिष्पर्धीलाई नगद १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद तथा क्राउन, सास, प्रमाणपत्र, विभिन्न उपहार, ट्रफी प्रदान गरिने जनाइएको छ ।
FACEBOOK COMMENTS