काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स २०२५ मा विवाद जारी छ। ग्रान्ड फिनालेको एक दिन अघि, मिस युनिभर्स छनोट समितिकी अध्यक्ष इटालियन राजकुमारी क्यामिला डि बोर्बोनले निर्णायक मण्डल छोडेकी छिन् ।
उनी प्यानल छोड्ने तेस्रो निर्णायक हुन् । यसअघि प्रसिद्ध संगीतकार ओमर हार्फौश र पूर्व फ्रान्सेली फुटबल खेलाडी क्लाउड मेकेलेले पनि निर्णायक मण्डल छोडेका थिए । मिस युनिभर्स निर्णायक मण्डलमा आठ सदस्यहरू रहेका छन् ।
तीन निर्णायकहरूको बहिर्गमन पछि, संस्थाले नताली ग्लेबोभा (क्यानाडाकी पूर्व मिस युनिभर्स २००५) थपेको छ । प्यानलमा अब छ सदस्यहरू छन् । ग्रान्ड फिनाले नोभेम्बर २१ मा थाइल्याण्डको बैंककमा आयोजना हुनेछ ।
निर्णायक मण्डल गठन हुनुभन्दा पहिले आयोजकहरूले शीर्ष ३० प्रतिस्पर्धीहरूलाई अनौपचारिक रूपमा छनोट गरेको उनीहरुको आरोप छ । उनीहरुले आयोजकहरूसँग व्यक्तिगत सम्बन्ध भएका प्रतिस्पर्धीहरू छनोट गरेको कारण राजीनामा दिएको बताएका छन् ।
नोभेम्बर १७ मा, ओमर हार्फौचेले सामाजिक सञ्जाल पोस्टमा मिस युनिभर्स २०२५ आयोजकहरूलाई आरोप लगाउँदै लेखेका थिए ‘शीर्ष ३० प्रतिस्पर्धीहरू छनोट गर्न गलत तरिकाले मतदान गरिएको थियो । यो मतदान प्यानलका सदस्य नभएका व्यक्तिहरूद्वारा गरिएको थियो । मलाई भ्रमित पारियो र गलत छनोट प्रक्रिया स्वीकार गर्न भनियो । यसले मलाई भावनात्मक आघात पुर्याएको छ र मेरो प्रतिष्ठामा क्षति पुर्याएको छ ।’ ओमरले आफ्नो पोस्टमा आयोजकहरू विरुद्ध कानुनी कारबाही गर्ने धम्की पनि दिए ।

FACEBOOK COMMENTS