काठमाडौं । नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ ।
सौन्दर्य, प्रतिभा र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम सामरी इन्टरनेसनलको आयोजना र एमकेएम फेसन हाउसको सहकार्यमा सम्पन्न गरिएको हो ।
कार्यक्रमको सञ्चालन सोनु निरौलाले गरेकी थिइन् । प्रमुख अतिथि पूर्व सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।
विशेष अतिथिका रूपमा एनआरएनएका पूर्व अध्यक्ष विनोद कुँवर र सेफ एसोसिएसन अफ नेपालका अध्यक्ष रेशमकुमार लामा तामाङ उपस्थित थिए ।
निर्णायक मण्डलमा सेफ गोविन्द नरसिंह केसी, २०२४ उपाधि प्राप्त समाजसेवी तथा उद्यमी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले, र समाजसेवी दिलसागर कटवाल रहेका थिए ।
मिसेस तर्फ चन्दु बलामीले शीर्ष उपाधि जितिन् भने सरु कार्की फस्र्ट रनरअप र डा. मीना प्रधान सेकेन्ड रनरअप बने । मिस तर्फ अधिकाकुमारी थापा मगर विजेता घोषित भइन् भने प्रेक्षा श्रेष्ठ फस्र्ट रनरअप रहिन् ।
त्यसैगरी विधागत उपाधिहरूमा रञ्जु कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’, युनिसा राईले ‘भ्युअर्स च्वाइस अवार्ड’, र सानु शेर्पाले ‘मेनेजमेन्ट च्वाइस अवार्ड’ जिते । कार्यक्रममा कलाकार, समाजसेवी, उद्यमी र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
विशेष पाहुनामध्ये प्रिया कुमारी देवान, अजय अधिकारी सुशील, सागर कटवाल, लिजा राई, अर्जुन कार्की (अभिनेता) लगायतका चर्चित व्यक्तिहरूको उपस्थिति उल्लेखनीय रह्यो । कार्यक्रममा नविनाज ब्युटी होम एण्ड ट्रेनिङ सेन्टर
आधिकारिक ब्युटी पार्टनरका रूपमा रहेको थियो भने क्रिस्टल क्लियर बुटिक, पाम्फा कुट्युर, द क्लासी बुटिक र मथ डिजाइन ड्रेस पार्टनर थिए ।
त्यसैगरी डिजे स्कल स्टुडियो, स्वयम्भू प्रोडक्सन र द जग्वार प्रोडक्सनले फोटोग्राफी तथा भिडियो पार्टनरको भूमिका निर्वाह गरे । स्पोन्सरमा सेफ एसोसिएसन अफ नेपाल, एनके कोस्मेटिक्स (ओरा), देवान एग्रो, युनिक्याम्पस ग्लोबल र साझा पाना रहेका थिए ।
कार्यक्रमका आयोजक तथा सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले प्रतियोगिता महिलाको आत्मविश्वास र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नका लागि आयोजना गरिएको बताए ।
उनका अनुसार यस प्रतियोगिताले नेपाली महिलाको सौन्दर्यसँगै उनीहरूको सशक्तीकरण र सांस्कृतिक गौरवलाई विश्व मञ्चमा उजागर गर्ने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS